दफा ११
समितिको काम, कर्तव्य र अधिकार

(१) समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) पत्रपत्रिकाको वितरण स्थितिको आधारमा प्रकाशन संख्या निर्धारण गर्ने र त्यसको अद्यावधिक अभिलेख राख्ने, र
(ख) पत्रपत्रिकाको प्रकाशन संख्या समेतको आधारमा पत्रपत्रिकाको वर्गीकरण गर्ने ।
(२) उपदफा (१) मा लेखिएदेखि बाहेक समितिको अन्य काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ ।